देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना

डिसी नेपाल
१८ असोज २०८३ ६:५२

काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। यसैगरी कोशी, मधेश र बागमती प्रदेशका सबै भूभागका साथै गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्रमा मनसुनी वायुको आंशिक प्रभाव कायमै छ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ। अहिले गण्डकी प्रदेशका थोरै स्थान र कोशी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका साथै तराईका क्षेत्रमा भने आंशिक बदली रहनेछ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा र कर्णाली तथा सुदूरपश्चिमका हिमाली-पहाडी भूभागका एक-दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्छ।

आज राति देशका पहाडी तथा तराई भूभाग र कोशी एवं बागमती प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका क्षेत्रमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ।

रातिको समयमा मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुनुका साथै सुदूरपश्चिम र मधेश प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *