गगन थापालाई बलियो बनाउन शंकर तिवारीद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा
काठमाडौं। नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
पार्टी सभापति गगन थापाको हात बलियो बनाउन र कांग्रेसको वैचारिक पक्षलाई थप सशक्त एवं प्रस्ट पार्नका लागि आफूले महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको तिवारीले बताएका छन्।
युवा पुस्ताको सशक्त नेतृत्व, पार्टीको आन्तरिक रूपान्तरण, र संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने मुख्य एजेन्डासहित उनले आफ्नो उम्मेदवारी अघि सारेका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment