जनमत पार्टीका महासचिवद्वारा पदत्यागको घोषणा
काठमाडौं। जनमत पार्टीका महासचिव चन्दन सिंहले आजदेखि आफू उक्त पदमा नरहेको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा जानकारी गराउँदै उनले पार्टीको महासचिव पदबाट अलग भएको बताएका हुन्।
पार्टीको दोस्रो महाधिवेशनका क्रममा आफूलाई अमूल्य मत दिएर सहयोग गर्ने सम्पूर्ण समर्थक, प्रतिनिधि तथा साथीहरूलाई उनले हृदयदेखि धन्यवाद ज्ञापन गरेका छन्।
पदत्याग गर्नुको स्पष्ट कारण र आगामी राजनीतिक कदमबारे भने उनले विस्तृत विवरण खुलाएका छैनन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment