काठमाडौंको असनमा खडग जात्राको रमझम

डिसी नेपाल
२२ असोज २०७६ १६:४१

काठमाडौं । काठमाडौंको असनबासीले हर्षोल्लासका साथ खडग जात्रा मनाएका छन्।

दसैंको विजया दशमीको भोलीपल्ट एकादशीका दिन बुधबार काठमाडौंका असनबासीले दसैंको टीका लगाएर खड्ग जात्रा मनाएका हुन्।

टोलका सबैभन्दा सानो बालकलाई खडग बोकाएर यो जात्रा मनाउने गरिन्छ। टोलबासीको एकताका लागि पनि यो पर्व मनाउने गरिएको स्थानीय माणिकरत्न तुलाधरले जानकारी दिए।

सबैभन्दा कम उमेरका नानीलाई खडग बोकाएर टोल परिक्रम गरे टोलकै सुरक्षा हुने मान्यता अनुसार यो पर्व मनाउने गरिएको स्थानीयको भनाई छ।

११ सय वर्ष अघिदेखि मनाउँदै आएको यो पर्वमा खडगले कुभिण्डो काटेर दूर्गा भवानीलाई बलि दिने प्रचलन छ। जात्रामा स्थानीयले खडग लिएका सानो नानीलाई पूजा गर्ने, दक्षिण दिने र नेवारी परम्परा अनुसारको सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *