ओमानमा विश्वकप लिग-२ को सिरिज खेल्न जाने नेपाली क्रिकेट टिमको बिदाई

डिसी नेपाल
१८ असोज २०८३ १९:३३

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले ओमानमा हुने आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न जाने नेपाली टिमको बिदाई गरेको छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले राष्ट्रिय टिमलाई बिदाई गरेका हुन्।

क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ। नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, नन्दन यादव, साहब आलम र सन्दीप जोरा रहेका छन्।

अक्टोबर ९ देखि शुरु हुने यस सिरिजमा नेपालसहित ओमान र क्यानडाले खेल्ने तालिका रहेको छ। नेपालले अक्टोबर ११ मा क्यानडासँग, अक्टोबर १३ मा ओमानसँग, अक्टोबर १७ मा क्यानडासँग र अक्टोबर १९ मा ओमानसँग खेल्ने तालिका छन्।

नेपालको हाल ३२ खेलमा २४ अंक रहेको छ भने अंक तालिकामा सातौं स्थानमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *