कांग्रेस १५औँ महाधिवेशन : प्रवक्ता चालिसेद्वारा उपसभापतिमा उम्मेदवारी घोषणा

डिसी नेपाल
१९ असोज २०८३ २१:०७

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

काठमाडौंको खुलामञ्चमा जारी महाधिवेशनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता चालिसेले आफ्नो उम्मेदवारीबारे जानकारी दिएका हुन्।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनका प्रमुख योजनाकार समेत रहेका चालिसे यसअघि १४औँ महाधिवेशनमा सहमहामन्त्रीको उम्मेदवार बनेका थिए। विशेष महाधिवेशनपछि पार्टीको प्रवक्ताको जिम्मेवारी सम्हालेका उनले संगठनमा आफ्नो निरन्तरता र अनुभवका आधारमा उपसभापतिमा दाबी प्रस्तुत गरेको बताए।

‘मैले उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको छु,’ पत्रकारहरूसँगको संवादमा चालिसेले भने, ‘प्रवक्ताको जिम्मेवारी पूरा गरिसकेपछि उपसभापति बनेर पार्टीको नेतृत्व तहमा योगदान पुर्‍याउने मेरो चाहना हो। महाधिवेशन प्रतिनिधिहरूले मेरो यो चाहनालाई पूरा गरिदिनुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *