देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

डिसी नेपाल
१९ असोज २०८३ २२:०७

दाङ। देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु छ भने तीन जना घाइते भएका छन्।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लुप्र०२-००१ ह १५७१ नम्बरको अटो र भालुवाङबाट लमहीतर्फ आउँदै गरेको लुप्र ०२-००१ ख ०१११ नम्बरको यात्रुवाहक बस लमही नगरपालिका-३ मजगाउँमा एकापसमा ठोक्किदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार प्युठानको सरुमारानी गाउँपालिका-५ हातिखाल निवासी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमैमगरको मृत्यु भएको हो। पूर्वतर्फ जाँदै गरेको ट्रकलाई उछिनेर अटो अगाडि जान खोज्दा पूर्वबाट तीव्रगतिमा लमहीतर्फ आउँदै गरेको यात्रुवाहक बसमा ठोक्किएको थियो।

दुर्घटनामा अटो चालक सरुमारानी गाउँपालिका-५ पाखापानीका जीतबहादुर पल्लीमगर, सोही ठाउँकी सङ्गिता सोमैमगर र नौबहिनी गाउँपालिका-८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी घाइते भएका छन्। घाइते तीनै जनाको लमही अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए। उनका अनुसार बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *