काठमाडौं उपत्यकामा २४ घण्टामा ६९७ सवारी चालक कारबाहीमा, मापसे गर्ने ४९ जना
काठमाडौं। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ६९७ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
मंगलबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकिङ तथा नियमित जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ४९ जना चालक कारबाहीमा परेका हुन्।
त्यसैगरी, सिसिटिभीमार्फत निगरानी गरी ३६ जना र रातो बत्ती (रेड लाइट) को नियम उल्लंघन गर्ने १० जना चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार तीव्र गतिमा सवारी चलाउने ९९ जना, नो हर्न क्षेत्रमा हर्न बजाउने ८ जना, लेन अनुशासन पालना नगर्ने (लेन क्रस) २३ जना, सवारीको यान्त्रिक अवस्था ठिक नराखी चलाउने १५ जना र एकतर्फी (वान-वे) सडकमा सवारी हाक्ने १४ जना चालक कारबाहीमा परेका छन्। यसबाहेक अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ४४३ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment