२६ पृष्ठको अपानिमा केन्द्रीय कमिटीले गरेको मनोनीत लगायतका केही निर्णय सहित आफ्ना मन्तव्य समावेश गरेका छन् ।
एमाले अपानि: हार अध्यक्ष ओलीको व्यक्तिगत असफलता होइन
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले गत २१ फागुनमा सम्पन्न निर्वाचनमा व्यहोर्नुपरेको पराजयलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रूपमा लिन नहुने निष्कर्ष निकालेको छ।
एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक समापन भएसँगै जारी अन्तरपार्टी निर्देशन (अपानि) मा पार्टीको चुनावी नतिजालाई समग्र राजनीतिक परिस्थिति र बहुआयामिक पक्षहरूसँग जोडेर विश्लेषण गर्नुपर्ने उल्लेख गरिएको छ।
२६ पृष्ठ लामो अपानिमा लेखिएको छ, “हार बाह्य प्रहारको मात्र परिणाम होइन, हार हाम्रो आन्तरिक कमजोरीको परिणाम पनि हो। तर हार अध्यक्षको व्यक्तिगत असफलता होइन। यो सिङ्गो पार्टी संरचना, समयको मनोविज्ञान, बाह्य वातावरण, डिजिटल आक्रमण, चुनावी अवस्था र हाम्रा साङ्गठनिक कमजोरीहरूको संयुक्त परिणाम हो।”
अपानिमा अध्यक्ष ओलीले पार्टी प्रमुखका नाताले आफ्नो भागमा पर्ने हारको जिम्मेवारी भने लिन तयार रहेको स्पष्ट पारेका छन्। तर, यही कारण देखाएर अध्यक्ष पद छाड्न नहुने तर्क गर्दै ओलीले भनेका छन्, “अध्यक्षका रूपमा म आफ्नो भागको जिम्मेवारी स्वीकार गर्छु। तर म यो पनि भन्छु- यो समय भाग्ने समय होइन, यो समय दोषारोपणमा अल्झिने समय पनि होइन।”
बैठकले गरेका मनोनीत लगायतका विभिन्न महत्वपूर्ण निर्णयहरू र अध्यक्ष ओलीको विस्तृत राजनीतिक मन्तव्यसमेत समेटिएको उक्त अपानिमार्फत एमालेले पराजयबाट पाठ सिक्दै आन्तरिक एकता सुदृढ गर्ने र साङ्गठनिक पुनर्गठनसहित अघि बढ्ने संकल्प गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment