रामहरि खतिवडाले दिए सहमहामन्त्रीमा उम्मेदवारी

डिसी नेपाल
२० असोज २०८३ १६:२६
4
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। खतिवडाले मंगलबार राष्ट्रिय सभागृहमा पुगेर सहमहामन्त्रीको खुला समूहबाट उम्मेदवारी दर्ता गराएका हुन्।

खतिवडा यसअघि कांग्रेस केन्द्रीय सदस्य थिए। उनी ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यसमेत भइसकेका छन् भने राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

१५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा खुला समूहबाट खतिवडासहित विभिन्न नेताहरूले उम्मेदवारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *