गोरखबहादुर बिष्ट ‘आनन्द’द्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं अन्तर्राष्ट्रिय छवि बनाएका समाजसेवी गोरखबहादुर बिष्ट ‘आनन्द’ले १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
विगत तीन दशकभन्दा बढी समयदेखि निरन्तर लोकतान्त्रिक आन्दोलन, साङ्गठनिक सुदृढीकरण, सामाजिक सेवा र जनजीविकाका सवालमा क्रियाशील बिष्टले पार्टीलाई नयाँ युग र नयाँ पुस्ताको आवश्यकताअनुसार गतिशील, उत्तरदायी तथा नतिजामुखी बनाउने सङ्कल्पसहित मंगलबार केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस क्रममा उनले पार्टीलाई गुटबन्दीभन्दा माथि उठाएर पूर्ण रूपमा एकताबद्ध, मर्यादित र प्रविधिमैत्री बनाउने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, युवा रोजगारी, सुशासन र आर्थिक रूपान्तरणलाई आफ्ना मुख्य प्राथमिकता बनाएका छन्। साथै, प्रवासमा रहेका लाखौँ नेपालीको ज्ञान, सीप र पूँजीलाई राष्ट्र निर्माणमा जोड्ने र जनसम्पर्क समितिहरूलाई अझ व्यवस्थित बनाउने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्।
उच्च सामाजिक छवि र साङ्गठनिक पकड बनाएका नेता बिष्टले पार्टीलाई आधुनिक, पारदर्शी र आम जनताको विश्वासयोग्य बनाउन आफूलाई अत्यधिक मतका साथ विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसँग अपिल गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment