नेपाली कांग्रेसको १५औं महाधिवेशन: गगन थापाद्वारा सभापतिमा उम्मेदवारी दर्ता

डिसी नेपाल
२० असोज २०८३ १८:२३
12
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनका लागि सभापति पदमा आधिकारिक उम्मेदवारी दर्ता गराएका छन्।

थापाले मङ्गलवार साँझ काठमाडौंस्थित राष्ट्रिय सभागृहमा रहेको निर्वाचन समितिको कार्यालय पुगेर सभापति पदका लागि मनोनयन पत्र दर्ता गराएका हुन्। १४औँ महाधिवेशनमा लोकप्रिय मतका साथ महामन्त्री पदमा निर्वाचित भएका थापाले यसपटक पार्टीको नेतृत्व सम्हाल्ने घोषणासहित शीर्ष पदमा दाबी प्रस्तुत गरेका हुन्।

उम्मेदवारी दर्ताका लागि निर्वाचन समितिले यसअघि साँझ ६ बजेसम्मको समयसीमा तोकेको थियो। तर, काठमाडौँ उपत्यकामा परेको अविरल वर्षा र सवारी चापका कारण मनोनयन दर्ता गर्न आउने केही आकांक्षीहरू छुट्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै समितिले समय थप गरी बेलुकी ७ बजेसम्म पुर्‍याएको थियो।

पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको मुख्य एजेण्डा उठाउँदै आएका थापाको उम्मेदवारीसँगै कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदको प्रतिस्पर्धा थप रोचक र रणनीतिक बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *