काठमाडौंमा प्रहरीको ‘विशेष स्वीप अप्रेसन’: २४ घण्टामा १०१ जना पक्राउ
काठमाडौं। अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको ‘विशेष स्वीप अप्रेसन’ का क्रममा पछिल्लो २४ घण्टामा १०१ जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट अदालतबाट दण्ड सजाय तोकिएका फरार कसुरदार, चालु मुद्दाका प्रतिवादी तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
सार्वजनिक स्थान तथा सेवा प्रवाह हुने कार्यालयहरूमा सर्वसाधारणमाथि हुलहुज्जत र दुर्व्यवहार गर्ने, चोरी तथा लुटपाटमा संलग्न हुने, बिचौलियाको काम गर्ने र गुण्डागर्दी गर्नेहरूलाई अभियानका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उपत्यकामा अवाञ्छित गतिविधि न्यूनीकरण गरी सर्वसाधारणका लागि सुरक्षित वातावरण बनाउन प्रहरीले यस्ता विशेष अभियानलाई निरन्तरता दिँदै आएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment