कार्यालय सहयोगीदेखि पीएसओसम्मलाई जीवनरक्षा तालिम

डिसी नेपाल
२० असोज २०८३ १९:४३
4
Shares

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न मन्त्रालयका कर्मचारीलाई आधारभूत जीवन सहायता (BLS) सम्बन्धी तालिम गराउने भएको छ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुले आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रमअन्तर्गत सरकारी कर्मचारीलाई आकस्मिक अवस्थामा कार्डियोपल्मोनरी रिससिटेसन, चोकिङ तथा जीवनरक्षा सम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागेको हो।

मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयलाई पत्राचार गर्दै तालिममा कर्मचारी पठाउन अनुरोध गरेको छ। एकदिने तालिम असोज २६ देखि २९ गतेसम्म चार चरणमा सञ्चालन हुनेछ।

तालिममा सम्बन्धित मन्त्रालयका कार्यालय सहयोगी, पीएसओ/सोही प्रकृतिका कर्मचारी तथा राजपत्र अनंकित प्रथम र द्वितीय तहका कर्मचारी सहभागी हुनेछन्। प्रत्येक मन्त्रालयबाट प्रत्येक चरणमा एक जना कर्मचारी सहभागी गराउने व्यवस्था गरिएको छ। तालिम राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुमा बिहान ९ बजेदेखि सञ्चालन हुने मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *