बुटवलमा सम्पन्न भयो ‘पल्सर आरपीएम’: युवाको उत्साह, स्टन्ट र सडक संस्कृतिको भव्य प्रदर्शन
बुटवल। युवापुस्ताको ऊर्जा, सृजनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ आयोजित ‘पल्सर आरपीएम बुटवल’ सफलतापूर्वक सम्पन्न भएको छ। बुटवलस्थित ढुंगा स्केट-एड स्केट पार्कमा आयोजना गरिएको उक्त कार्यक्रममा करिब २,५०० भन्दा बढी युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा बाइक स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, बिबोइङ, ग्राफिटी आर्ट तथा डिजे प्रस्तुति जस्ता सडक संस्कृति (Street Culture) सँग सम्बन्धित आकर्षक गतिविधिहरू प्रदर्शन गरिएको थियो।
विशेष गरी ‘पल्सर एन१६०’ मार्फत प्रस्तुत गरिएको रोमाञ्चक बाइक स्टन्टले दर्शकहरूको ध्यान तानेको थियो भने स्थानीय कलाकार, राइडर र विभिन्न विधाका प्रतिभाहरूले आफ्नो कौशल प्रस्तुत गरेका थिए।
सो अवसरमा डिजे पिज्जा र डिजे नकआउटको साङ्गीतिक प्रस्तुतिले कार्यक्रमलाई थप साङ्गीतिक बनाएको थियो। साथै, सहभागीहरूका लागि ‘पल्सर एन१६०’ र ‘एनएस२००’ मोटरसाइकलको डिस्प्ले तथा टेस्ट राइड जोनको व्यवस्था गरिएको थियो, जहाँ युवाहरूले सवारीको प्रत्यक्ष अनुभव लिन पाएका थिए। कफी, खानाका विविध परिकार र उपहार पप-अप स्टलहरूले कार्यक्रमलाई झन् अन्तरक्रियात्मक र मनोरञ्जनात्मक बनाएका थिए।
काठमाडौँबाट सुरु भएको ‘पल्सर आरपीएम’को यो यात्रा बुटवलसम्म आइपुग्दा स्थानीय युवा समुदाय र सडक संस्कृतिसँग झनै प्रगाढ बनेको आयोजकले जनाएको छ। कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सहयोग पुर्याउने कलाकार, राइडर, डिजे, सञ्चारमाध्यम, साझेदार संस्था तथा सहभागी सम्पूर्णमा बजाज पल्सरले धन्यवाद ज्ञपन गरेको छ।
बुटवलको सफल आयोजनापश्चात् अब पल्सर आरपीएमको यो यात्रा देशका अन्य नयाँ शहर र समुदायहरूमा विस्तार गर्दै लैजाने कम्पनीको योजना रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment