दशैंमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

डिसी नेपाल
२१ असोज २०८३ १३:१९
84
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले यसपालिको दशैं तथा चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाका ‘एटिएम मेसिन’बाटै १०० रूपैयाँका नोट उपलब्ध गराउन निर्देशन दिएको छ।

राष्ट्र बैंकको निर्देशनसँगै केही बैंकहरूले साना दरका सुकिला नोट वितरण गर्न मिल्ने एटिएमबाट सेवा दिन थालेका छन्।

भोटेकोशी बाढीका कारण पुगेको ठूलो जनधनको क्षतिलाई ध्यानमा राख्दै राष्ट्र बैंकले यस वर्ष नयाँ नोट सटहीसम्बन्धी छुट्टै सूचना जारी नगरेको प्रवक्ता गुरुप्रसाद पौडेलले जानकारी दिए।

चाडपर्वका लागि राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालयहरू र वाणिज्य बैंकहरूमार्फत गत असोज १ गतेदेखि नै सुकिला र सफा नोट वितरण भइरहेको छ।

प्रवक्ता पौडेलका अनुसार राष्ट्र बैंकले पछिल्लो ४-५ वर्षदेखि चाडपर्वमा नयाँ नोट छाड्ने परिपाटीलाई क्रमशः घटाउँदै लगेको छ।

गत भदौ ३१ गतेसम्म रु सात खर्ब ९४ अर्ब रकम बजारमा चलनचल्ती (करेन्सी इन सर्कुलेसन) मा रहेको र दशैंका क्रममा उक्त रकममा करिब ८ देखि १० प्रतिशतसम्म वृद्धि हुने राष्ट्र बैंकको अनुमान छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *