मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

डिसी नेपाल
२१ असोज २०८३ १८:३३
4
Shares

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा भएको विशेष अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

सभापति लामिछानेले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत भारतीय प्रधानमन्त्री मोदीलाई बधाई सन्देश पठाउँदै उनको दूरदर्शी नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरणकारी यात्रा र तीव्र प्रगतिबाट आफू तथा आफ्नो पार्टी प्रेरणादायी बनेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री मोदीको सफल कार्यकालको प्रशंसा गर्दै लामिछानेले नेपाल र भारतबीच अनादिकालदेखि साझा इतिहास, गहिरो सांस्कृतिक सम्बन्ध तथा दुई देशका जनता-जनताबीच अत्यन्तै निकट र प्रगाढ सम्बन्ध रहँदै आएको बताएका छन्।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट लामिछानेले नेपाल-भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ बढी सुदृढ, समृद्ध र दुवै देशका जनताका लागि परस्पर लाभदायक बनाउन निरन्तर सहकार्य गर्ने उच्च अपेक्षा व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *