प्रधानसेनापति सिग्देलद्वारा बेलायतमा सैनिक गतिविधिको अवलोकन, उच्च अधिकारीसँग भेटवार्ता

डिसी नेपाल
२१ असोज २०८३ १९:३६
4
Shares

काठमाडौं। बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलले बेलायती उच्च सैनिक तथा सरकारी अधिकारीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

बेलायती सेनाका प्रमुख जनरल सर रोली वाकरको निमन्त्रणामा असोज १९ गतेदेखि बेलायत भ्रमणमा रहेका प्रधान सेनापति सिग्देलले असोज २० गते सैन्य रणनीति तथा सञ्चालनसम्बन्धी उपप्रमुख र पूर्वसैनिक तथा जनशक्ति मामिलासम्बन्धी राज्यमन्त्रीका संसदीय उपसचिवसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

सोही क्रममा प्रधान सेनापति सिग्देलले गोरखा सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गरी वीर गोर्खा सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

असोज २१ गते प्रधान सेनापति सिग्देलले बेलायती सेनाको मुख्यालयको भ्रमण गरी बेलायती सेनाका प्रमुख जनरल सर रोली वाकरसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा दुई देशबीचको आपसी हित तथा सैनिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *