कांग्रेस महाधिवेशनमा मतदान भोलि बिहान ७ बजेदेखि मात्रै सुरु हुने

डिसी नेपाल
२२ असोज २०८३ १६:२२
32
Shares

काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ। निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएपछि केन्द्रीय निर्वाचन समितिले भोलि बिहान ७ बजेदेखि मात्रै मतदान सुरु गर्ने निर्णय गरेको छ।

यसअघि बिहीबार बिहान १० बजेका लागि तय गरिएको मतदानको समय तीन पटकसम्म सारेर दिउँसो साढे २ बजे पुर्‍याइएको थियो। तर, दिउँसोसम्म पनि आवश्यक तयारी नपुगेपछि केन्द्रीय निर्वाचन समितिले भोलि बिहानका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको हो।

केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार प्राविधिक कारण तथा मतपत्र लगायतका निर्वाचन सामग्री आइपुग्न ढिलाइ भएकाले बिहीबार मतदान सम्भव नभएको हो। अब शुक्रबार बिहान ७ बजेदेखि पुनः मतदान प्रक्रिया सुरु हुने समितिले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *