बुढीगण्डकीको बाढीले धार्मिक स्थल नृसिंहधाम पनि डुबायो
धादिङ। धादिङको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल नृसिंह धाममा बाढीले क्षति पुर्याएको छ।
बुढीगण्डकी नदीमा आएको बाढीले नेत्रावती नदी थुनिएपछि बाढी धाम क्षेत्रमा पसेको हो। गत जेठमा यज्ञका लागि बनाइएका सबै हवन कुण्डमा क्षति पुगेको छ।
बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थल नृसिंहधामका हवन कुण्डहरू मध्ये तीन वटा बगाएको र चार वटा मर्मत गर्नै नसकिनेगरी क्षति पुगेको धामका पीठाधीश डा. श्रीवास कृष्णदास ब्रह्मचारीले जानकारी दिए। ब्रह्मचारीका अनुसार २९ वटा हवनकुण्ड थिए।
यो स्थान धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा पर्छ। गत जेठमा भएको पुरुषोत्तम महामहोत्सवमा सात देशका नागरिक सहित ३३ लाख भक्तजनले दर्शन गरेका थिए। चार करोड ४४ लाख भेटी दानभेटी संकलन भएको थियो।
बाढीको कटानले विद्यार्थीहरूले अध्ययन गर्ने आश्रम नजिकै पहिरो झरेको छ। पहिरोका कारण आश्रमसमेत जोखिममा परेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment