तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो

डिसी नेपाल
२५ असोज २०८३ २०:२७
24
Shares

दमौली (तनहुँ)। जिल्ला निर्वाचन कार्यालय तनहुँले दुई हजार २२० मतदाता नामावली हटाएको छ। दोहोरो नामावली भएकाहरूलाई कार्यालयले मतदाता नामावलीबाट हटाउने निर्णय गरेको हो।

कार्यालयले मतदाता नामावली दोहोरिएकाहरूको नामावली अद्यावधिक गरेको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिनुभयो। जिल्लास्थित भानु, शुक्लागण्डकी, व्यास र भिमाद नगरपालिका तथा ऋषिङ, आँबुखैरेनी, बन्दीपुर, घिरिङ, म्याग्दे र देवघाट गाउँपालिकाका दोहोरो मतदाता नामावली हटाइएको उहाँले बताए।

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *