बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बागमती प्रदेशलाई योग, स्वास्थ्य र समृद्धिको नमुना प्रदेश बनाउने घोषणा गरेका छन्।
पतञ्जली योग समितिले आज भक्तपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले बागमती प्रदेशका नागरिकको पहुँचमा योग र स्वस्थ जीवनशैली पुर्याउन ‘प्रादेशिक योगपरिषद्’ निर्माण गर्ने बताए।
मुख्यमन्त्री थापाले भक्तपुरलाई योग, शिक्षा, स्वास्थ्य र पर्यटनको एकीकृत केन्द्रका रूपमा रूपान्तरण गर्दै बागमती प्रदेशका १३ वटै जिल्लामध्ये एक मुख्य नमुना जिल्ला बनाउने आधारशिला तयार भइरहेको बताए।
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत गठित प्रादेशिक योग समितिका सदस्य एवं पतञ्जली योग समितिका महासचिव डा नवराज काफ्लेले प्रादेशिक योग परिषद् निर्माणको प्राविधिक तथा नीतिगत गृहकार्य द्रुत गतिमा भइरहेको बताए।
कार्यक्रममा संस्थाका संरक्षक बालमुकुन्द सुवाल, कार्यक्रमका सभापति तथा पतञ्जली योग समिति नेपालका अध्यक्ष सुदर्शन सुवेदीलगायतले देशभर योगसाधनाको प्रचारप्रसार, साधकको सशक्तीकरणलाई पुर्याउनुपर्ने बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment