कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा रामहरिलाई एक हजार ७५ मत

डिसी नेपाल
२६ असोज २०८३ १४:४३

काठमाडाैं। नेपाली कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाले एक हजार ७५ मत प्राप्त गरेका छन्।

मतगणनाको सुरुवाती चरणदेखि अग्रता कायम गरेका उनले हालसम्म उक्त मत प्राप्त गरेका हुन्। यस्तै, अजयबाबु सिवाकोटीले पनि आफ्नो अग्रता कायमै राखेका छन्।

सहमहामन्त्री खुलातर्फ २३९० मत गणना गर्दा उनीहरूले अग्रता कायमै राखेका हुन्।

दोस्रो स्थानमा अजयबाबु सिवाकोटीले ७७२ मत ल्याएका छन्। कांग्रेसमा संशोधित विधानअनुसार दुई जना सहमहामन्त्री खुल्लातर्फ महाधिवेशनबाट निर्वाचित हुने प्रावधान रहेको छ।

अन्य प्रतिस्पर्धीहरूमा डल्लीराम सुबेदी ५८३ मतका साथ तेस्रो, देवेन्द्रराज कँडेल ४९९ मतका साथ चौंथो र विकास कोइरला ३९४ मतका साथ पाचौं स्थानमा रहेका छन्।

यस्तै, राजीव ढुंगानालाई ३५३ मत, अमृतकुमार अर्याललाई २५७ मत र विमलराज क्षेत्रीलाई ९४ मत आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *