पहिलो डेटमा १ लाख रुपैयाँ खर्च गरेर पनि ‘फ्रेंड-जोन’मा परेका युवकले डेटको पैसा फिर्ता मागेपछि सोसल मिडियामा तहल्का

डिसी नेपाल
२६ असोज २०८३ १४:५३
32
Shares

काठमाडौं । पहिलो डेटलाई सधैँका लागि यादगार बनाउन एक पुरुषले लक्जरी कार बुक गरे, मिशेलिन-स्टार प्राप्त महँगो रेस्टुरेन्टमा टेबल रिजर्भ गरे र झन्डै १,०५० अमेरिकी डलर (करिब १ लाख ६० हजार नेपाली रूपैयाँ) खर्च गरे। तर डेट सकिएपछि युवतीले युवकको तउलुखुइले हुनुलाई कारण देखाउँदै उनलाई ‘फ्रेंड-जोन’ गरिन्। त्यसपछि सुरु भएको रोचक विवाद अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

एक्स (साविक ट्विटर) मा @raqisright नामका अकाउन्टबाट शेयर गरिएको यो घटनाले अनलाइन संसारमा बहस छेडिदिएको छ । युवतीका अनुसार पहिलो डेटको सुरुमा युवकले निकै राम्रो तयारी गरेका थिए। उनले लक्जरी कार ल्याएर ढोका खोलिदिएका थिए, रेस्टुरेन्टमा आफैँ सबै खानेकुरा अर्डर गरेर उनलाई सहज र सुरक्षित महसुस गराएका थिए।

यति धेरै राम्रो हेरचाह र महँगो डेट पछि पनि युवतीले सम्बन्धलाई अगाडि बढाउन अस्वीकार गरिन्। उनले सिधै भनिन् कि युवक तालुखुइले भएका कारण उनलाई यो जोडी सही लागेन र उनले युवकलाई ‘फ्रेंड-जोन’ गरिन्। डेट सफल नभएपछि जब युवतीले कुरा अगाडि नबढाउने निर्णय गरिन्, त्यसपछि ती युवकले डेटमा खर्च भएको १,०५० डलर (करिब १ लाख ६० हजार रुपैयाँ) फिर्ता माग गर्दै म्यासेज पठाए।

युवतीले ती युवकसँगको ह्वाट्सएप च्याटको स्क्रिनशट सेयर गर्दै क्याप्सन लेखिन् – ‘Chivalry is dead’ (सज्जनता मरेको छ)। यो पोस्ट बाहिरिएसँगै सोसल मिडिया प्रयोगकर्ताहरू दुई कित्तामा बाँडिएका छन् । धेरैजसो प्रयोगकर्ताहरूको तर्क छ – जब पहिलो डेटमा कोही व्यक्तिले यति ठुलो रकम र प्रयास लगाउँछ, तब त्यसरी सतही कारण देखाएर सम्बन्ध अस्वीकार गर्नु र महँगो डेटको मज्जा मात्र लिएर छोड्नु जायज होइन।

अर्कोतर्फ, केही मानिसहरूले डेटमा पैसा खर्च गर्नु भनेको कुनै वस्तु खरिद गर्नु नभएको र यो स्वेच्छाले गरिएको लगानी भएकाले सम्बन्ध अगाडि नबढेको निहुँमा पैसा फिर्ता माग्नु गलत भएको तर्क गरेका छन्। कसैको मर्जीविपरीत रोमान्टिक सम्बन्धका लागि बाध्य पार्न नसिकिने र महँगो डेटको ‘रिटर्न’ खोज्ने प्रवृत्तिका कारण यो घटनाले आधुनिक डेटिंग र सम्बन्धहरूमा देखिएको अपेक्षा तथा असन्तुष्टिबीचको दूरीलाई उजागर गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *