कांग्रेसको महाधिवेशन : जनसम्पर्क महिलातर्फ चन्दा अधिकारीको १ हजार ८८० मत

डिसी नेपाल
२६ असोज २०८३ १९:१७
12
Shares

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समितिको महिलातर्फको मतगणनामा चन्दा अधिकारीले १ हजार ८८० मत प्राप्त गरेकी छन्। ३ हजार मत गणना हुँदासम्म अधिकारीले उक्त मत प्राप्त गरेकी हुन्।

प्राप्त मतपरिणामअनुसार जनसम्पर्क समितिको महिलातर्फ सीता सापकोटा घिमिरेले १ हजार ३५८, रविना थापाले १ हजार १३७, निर्मला थापा मगरले ९९० र नन्दकुमारी न्यौपानेले ३७४ मत प्राप्त गरेका छन्।

जनसम्पर्क समितिको खुलातर्फ विभिन्न क्षेत्रबाट प्राप्त मतपरिणामअनुसार युरोप क्षेत्रबाट जितेन्द्रविक्रम शाहीले ५२१ र विजय मोक्तानले ५१० मत प्राप्त गरेका छन्।

युरोप क्षेत्रका अन्य उम्मेदवारमध्ये शालिग्राम गौतमले ३३८, अङ्कित ओलीले ३१८, टङ्क लम्सालले २९१, पूर्णबहादुर हमालले २०७, इन्द्रप्रसाद शर्माले २२२ र शशीभूषण शाहले १६० मत प्राप्त गरेका छन्।

भारत क्षेत्रबाट बालकृष्ण पाण्डेले १ हजार ६१२ मत प्राप्त गरेका छन् भने धर्मागत काफ्लेले १ हजार १०२ मत पाएका छन्।

ओसियाना–अमेरिका क्षेत्रबाट विद्याभूषण कार्कीले ८८७, रामजीवी पन्थले ६९६, कञ्चन पोखरेलले ५१०, अमृत बस्तीले ४३९ र कृष्ण गिरी जगन्नाथले ३१३ मत प्राप्त गरेका छन्।

मध्यपूर्व क्षेत्रबाट८८ पुरुषोत्तम खनालले ८७७, विमल सुवेदीले ७६६, खेमराज बस्नेतले ६८९ र रितबहादुर कटुवालले ४७६ मत प्राप्त गरेका छन्।

त्यस्तै, प्यासिफिक क्षेत्रबाट डा. बलराम श्रेष्ठले ८६७, नवराज शिवाकोटीले ४२६, दण्डपानी कँडेलले ३७६, नारायणप्रसाद सुवेदीले ३५२, विनोदबहादुर थापाले २५६ र चण्डीप्रसाद योङ्याले २४५ मत प्राप्त गरेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *