एमालेको राष्ट्रिय कार्यकर्ता भेला आगामी मङ्सिर २ र ३ गते हुने

डिसी नेपाल
२६ असोज २०८३ २१:१९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेले आगामी मङ्सिर २ र ३ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ।

पार्टीका सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालले राष्ट्रिय भेलाको मिति तय भएको औपचारिक जानकारी गराएका छन्। यसअघि गत शनिबार सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरे पनि मिति भने घोषणा गरिएको थिएन।

नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सचिव ढकालले राष्ट्रिय भेलाको मिति सार्वजनिक गरेका हुन्। पार्टी संगठनलाई सुदृढ बनाउने र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यले आयोजना गरिएको यो भेलालाई निकै चासोका साथ हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *