तारकेश्वरमा गोली प्रहार गरेर प्रहरीले लागूऔषध कारोबारीलाई लियो नियन्त्रणमा

डिसी नेपाल
२७ असोज २०८३ १७:२९
28
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका क्षेत्रमा प्रहरीले चलाएको गोलीबाट एक जना लागूऔषध कारोबारी पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको विशेष प्रहरी टोलीले अपरेशनका क्रममा गोली प्रहार गरी ३ सय ग्राम खैरो हिरोइन बरामद गरेको हो।

लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायरसमेत गरेको थियो। सोही क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिन सफल भएको छ। पक्राउ परेका व्यक्तिको परिचय भने हालसम्म खुल्न सकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *