अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत भ्रमणमा आउँदै
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले एक आधिकारिक वक्तव्य जारी गर्दै अमेरिकी विदेशमन्त्री मार्को रुबियो अक्टोबर १७ देखि २२ सम्म उज्बेकिस्तान र भारतको औपचारिक भ्रमणमा रहने जानकारी दिएको छ। यस वर्ष रुबियोको भारत भ्रमण यो दोस्रो पटक हुन लागेको हो। भारत प्रवासका क्रममा उनले मुम्बई र जामनगर को भ्रमण गर्नेछन्।
विदेश मन्त्रालयका अनुसार रुबियोले उज्बेकिस्तानमा आयोजना हुने सी५+१ मन्त्रीस्तरीय बैठक मा सहभागी हुनेछन् । यस कूटनीतिक मञ्चको मुख्य उद्देश्य मध्य एसियाली मुलुकहरू र अमेरिकाबिचको रणनीतिक सहयोगलाई सुदृढ गर्दै शान्ति र समृद्धि प्रवर्द्धन गर्नु हो।
रुबियोले ‘सी५’ समूहका पाँचै मध्य एसियाली राष्ट्रहरू-उज्बेकिस्तान, काजाकिस्तान, ताजकिस्तान, तुर्कमेनिस्तान र किर्गिस्तानका उच्च अधिकारीहरूसँग बेग्लाबेग्लै द्विपक्षीय वार्ताहरू गर्नेछन्। मध्य एसियाको भ्रमण सम्पन्न गरेपछि अमेरिकी विदेशमन्त्री रुबियो भारत आउनेछन् ।
उनले भारत सरकारका वरिष्ठ अधिकारीहरूसँग भेटघाट गरी अमेरिका-भारत रणनीतिक साझेदारी, क्षेत्रीय तथा वैश्विक भू-राजनीतिक घटनाक्रमहरू र विशेष गरी ऊर्जा सहयोग विस्तारका सम्भावनाहरूबारे विस्तृत छलफल गर्नेछन्।
रुबियोले भारतका प्रमुख उद्योगी तथा व्यापारिक नेताहरूसँग पनि अन्तरक्रिया गर्नेछन्, जसको उद्देश्य दुई देशबिच आर्थिक सहयोग र व्यावसायिक लगानीका नयाँ अवसरहरू सिर्जना गर्नु रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment