दशैंका लागि राजधानी खाली हुँदै: बसपार्क र नाकामा यात्रुको चहलपहल (तस्बिर)

डिसी नेपाल
२८ असोज २०८३ १०:५५
4
Shares

काठमाडौं। बडादशैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट गाउँघर फर्किने यात्रुहरूको चहलपहल र भीडभाड उल्लेख्य रूपमा बढेको छ। दशैं मनाउनका लागि आफ्नो जन्मथलो र घरतर्फ लाग्ने सर्वसाधारणका कारण राजधानीका मुख्य बसपार्क तथा नाकाहरूमा यात्रुको बाक्लो उपस्थिति देखिएको छ।

विशेष गरी काठमाडौंको नयाँ बसपार्क, कलंकी, कोटेश्वर, जडीबुटी तथा जडीबुटी आसपासका क्षेत्रमा राजधानी छाड्ने यात्रुहरूको निकै ठूलो भीड लागेको छ।

सर्वसाधारण यात्रुहरू हातमा झोला र ठूला-ठूला सामान बोकेर घण्टौँदेखि बसको प्रतीक्षामा बसिरहेका देखिन्छन् भने कतिपय मानिसहरू परिवार तथा बालबच्चासहित आफ्ना गन्तव्यतर्फ लागिरहेका छन्।

दशैंका लागि काठमाडौं छाड्नेहरूको सङ्ख्या एकाएक बढेपछि नाकाहरूमा सवारी साधनको चापका साथै यात्रुहरूको चहलपहलले चाडपर्वको रौनक थपेको छ।

(तस्बिर : नेपाल न्यूज बैंक)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *