प्रोजेक्ट होराइजन’लाई बेलायतमा उच्च सम्मान : लोबुचेको पोर्टर हाउस ‘कम्युनिटी इम्प्याक्ट’ विधामा उत्कृष्ट घोषित

डिसी नेपाल
२९ असोज २०८३ ९:५४
4
Shares

काठमाडाैं। लोबुचेमा निर्मित ‘पोर्टर हाउस’ अभियान ‘प्रोजेक्ट होराइजन’ बेलायतमा आयोजित प्रतिष्ठित ‘न्याशनल च्यारिटी टुडे अवार्ड्स’ मा ‘कम्युनिटी इम्प्याक्ट’ (सामुदायिक प्रभाव) विधाअन्तर्गत फाइनलमा पुग्न सफल हुँदै ‘हाइली कमेन्डेड अवार्ड’  बाट सम्मानित भएको छ।

विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को परिकल्पना र नेतृत्वमा ५,००० मिटरभन्दा बढीको उचाइमा निर्माण गरिएको उक्त पोर्टर हाउसले हिमाली क्षेत्रका भरिया तथा स्थानीय समुदायको जीवनमा पारेको सकारात्मक प्रभावको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो।

पुरस्कार समारोहपछि खुसी व्यक्त गर्दै आयोजक टोलीले यो सफलता सम्पूर्ण टोली, इन्जिनियर, स्थानीय समुदाय, दाता तथा कठिन परिस्थितिमा सामान ओसार्ने भरियाहरूको साझा मेहनतको प्रतिफल भएको बताएको छ।

निर्मल पुर्जा ‘निम्सदाइ’ को दूरदृष्टि, हिमालप्रतिको अगाध माया र हिमाली समुदायप्रतिको प्रतिबद्धताका कारण यो महत्त्वाकांक्षी परियोजना सम्भव भएको बताइएको छ। ५,००० मिटरको उचाइमा निर्मित यस पोर्टर हाउसले हाल हिमाली क्षेत्रमा खट्ने भरियाहरूलाई सुरक्षित आश्रय प्रदान गरिरहेको छ र यसले आगामी वर्षहरूमा पनि निरन्तर सेवा दिइरहनेछ।

सम्मान ग्रहणपछि संस्थाले यो पहिचान नै ठूलो उपलब्धि भएको र निम्सदाइको सोच तथा सपनालाई अझ सशक्त रूपमा अघि बढाउँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *