प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको सफल शल्यक्रिया

डिसी नेपाल
२९ असोज २०८३ १०:५०
196
Shares

काठमाडाैं। अचानक पेट दुखेपछि उपचारका लागि टिचिङ अस्पताल पुग्नुभएकी काफ्लेको स्वास्थ्य परीक्षणका क्रममा एपेन्डिसाइटिस पुष्टि भएपछि तत्काल शल्यक्रिया गरिएको हो।

वरिष्ठ शल्यचिकित्सक डा. प्रशान्त वीरसिंह कंसाकार नेतृत्वको चिकित्सक टोलीले आज बिहान करिब ४ बजे उहाँको शल्यक्रिया सम्पन्न गरेको हो।

टिचिङ अस्पतालका सहायक सूचना अधिकारी कालीप्रसाद रोसयराका अनुसार शल्यक्रियापछि अहिले उनको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको छ।

पेसाले जनस्वास्थ्यकर्मी (पब्लिक हेल्थ प्रोफेसनल) समेत रहेकी काफ्लेको उपचारका लागि प्रधानमन्त्री शाह आफैं अस्पताल पुगेका थिए। चिकित्सकको निगरानीमा रहेकी उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पताल स्रोतले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *