गोरखा जोड्ने आरुघाटमा बेलिब्रिजका सामान आइपुगे, जडान सुरु हुन बाँकी
धादिङ । भीषण बाढीका कारण धादिङ र गोरखा जोड्ने मुख्य सडक सम्पर्क अवरुद्ध भएको चार दिन बितिसकेको छ। चार दिनभित्रै बेलिब्रिज जडान गरी सवारी साधन सञ्चालनमा ल्याउने भनिए तापनि अहिलेसम्म जडानको काम भने सुरु हुन सकेको छैन।
हाल सडकको ‘बेस सर्फेस’ मिलाउने तथा बेलिब्रिजका लागि आवश्यक पेटी निर्माण गर्ने कार्य भइरहेको छ। प्राविधिकहरूका अनुसार पेटीको निर्माण सम्पन्न भएपछि मात्रै बेलिब्रिज जडानको काम अघि बढ्नेछ।
यद्यपि, बेलिब्रिजका लागि आवश्यक पर्ने सामग्रीहरू भने कार्यस्थलमा आइपुगिसकेका छन्। तर, कामको गति सुस्त रहेकाले दशैँको टीकाअघि सवारी साधन सञ्चालनमा आउने सम्भावना भने न्यून देखिएको छ।
आरुघाट र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने पक्की पुलको गोरखातर्फको भागका साथै आरुघाट–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल बाढीले बगाएपछि यो सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको हो।
तस्बिरहरू : शंकर श्रेष्ठ / नेपाल न्यूज बैंक













No ads found for this position



डिसी नेपाल
Facebook Comment