आजको राशिफल: वृश्चिकलाई धनलक्ष्मी योग, कर्कट र कन्याले सतर्कता अपनाउनुपर्ने

डिसी नेपाल
१ कार्तिक २०८३ ६:२३
100
Shares

काठमाडौं। आजको दिन राशिफलका अनुसार प्रायः राशिहरूका लागि शुभ र फलदायी रहने देखिएको छ। केही राशिहरूका लागि भने लगानी र स्वास्थ्यमा विशेष सजगता अपनाउनुपर्ने समय रहेको छ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन निकै राम्रो छ। व्यापार व्यवसायमा गरिएको लगानीबाट राम्रो फाइदा मिल्नेछ। पुराना रोगबाट मुक्ति मिल्ने योग छ। पारिवारिक सहयोग प्राप्त हुनुका साथै राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी वा नियुक्ति पाउने सम्भावना छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

शुभ दिन रहेको छ। साझेदारीमा गरिएको लगानीले लाभ दिलाउनेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा प्रगति हुनेछ भने राजनीतिक क्षेत्रमा पनि सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर र प्रगाढ बन्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

दिन सकारात्मक छ। बोलीको प्रभाव बढ्नेछ, जसलाई सामाजिक तथा परोपकारी काममा लगाउनु उपयुक्त हुन्छ। स्वास्थ्यमा सुधार आउनेछ भने लगानीका क्षेत्रहरू सबल देखिन्छन्। दाजुभाइ तथा परिवारको पूर्ण साथ र सहयोग मिल्नेछ।

कर्कट (ही, हु, हे, हो, डा, डि, डु, डे, डो)

दिन सामान्य रहनेछ। कार्यसम्पादनमा केही अवरोध आउन सक्छन्। खानपानमा ध्यान नदिँदा स्वास्थ्य समस्याले सताउन सक्छ। राजनीतिमा प्रतिस्पर्धीहरूबाट घेराबन्दी हुन सक्ने भएकाले सतर्क रहनुहोला। व्यापारमा घाटा हुने जोखिम रहेकाले नयाँ लगानी गर्नु उचित हुँदैन।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको दिन उत्तम छ। भविष्यका लागि राम्रा योजनाहरू बन्नेछन्। पुराना साथीभाइसँगको भेटघाटले मन प्रसन्न गराउनेछ। स्वास्थ्य र शिक्षाका क्षेत्रमा गरिएका प्रयास सफल हुनेछन्। गुरुजनको आशीर्वाद लिएर काम सुरु गर्दा राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

दिन सामान्य रहेकाले बोल्दा विचार पुर्‍याउनुहोला। कटु बोलीका कारण आफन्तहरूसँग दूरी बढ्न सक्छ। अनावश्य विवादमा पर्न सकिने भएकाले कम बोल्नु नै श्रेयस्कर हुनेछ। वैदेशिक लगानी र प्रेम सम्बन्धमा केही उतारचढाव वा मनमुटाव आउन सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

दिन अनुकूल रहनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्। स्वास्थ्य र शिक्षामा गरिएको लगानीले लाभ दिनेछ। अध्ययन तथा रोजगारीका क्षेत्रमा पदोन्नति वा प्रगति हुने योग छ। पारिवारिक सहयोग निरन्तर रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दिन अत्यन्तै शुभ छ। धनलक्ष्मी योग परेकाले आर्थिक लाभ हुनेछ। केही खर्च भए पनि समाजमा मान-प्रतिष्ठा र इज्जत बढ्नेछ। सोचेका कामहरू सहजै पूरा हुनेछन्। व्यापारमा फाइदा हुनुका साथै सरकारी वा राज्य पक्षबाट सहयोग मिल्नेछ।

धनु (ये, यो, भ, भि, भु, धा, फा, ढा, भे)

आज रोकिएका र सोचेका कामहरू बन्नेछन्। धन सञ्चय हुने योग छ। स्वास्थ्यमा देखिएका समस्याहरू बिस्तारै हटेर जानेछन्। अध्ययन-अध्यापनमा भने थप मिहिनेतको आवश्यकता पर्नेछ। प्रेम सम्बन्ध मधुर रहनेछ।

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)

दिन सामान्य रहनेछ। अनावश्यक खर्च बढ्न सक्ने भएकाले बजेटमा ध्यान दिनुहोला। धार्मिक तथा आध्यात्मिक कार्यमा सहभागी हुँदा मनले शान्ति पाउनेछ। आफन्त वा नजिकका व्यक्तिबाट धोका हुन सक्ने भएकाले सचेत रहनुहोला। दाजुभाइसँगको सहकार्य भने फलदायी हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आजको दिन उत्साहजनक छ। नयाँ र राम्रा कामको सुरुवात हुनेछ। छिमेकी तथा शुभचिन्तकहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। परिवारसँग रमाइलो भ्रमणको योग छ। तर, सञ्चित धन खर्च हुन सक्ने भएकाले सतर्कता अपनाउनुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

दिन धेरै राम्रो छ। विभिन्न माध्यमबाट आम्दानी हुनेछ भने मिष्ठान्न भोजनको योग छ। पारिवारिक मेलमिलाप र खुसीयाली छाउनेछ। धार्मिक कार्यबाट दिनको सुरुवात गर्नु उत्तम हुनेछ। यद्यपि, पश्चिम दिशातर्फको लामो यात्रा नगर्नु नै उपयुक्त हुन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *