गगन थापाले लिए सभापतिको शपथ (तस्बिर)
काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
समारोहमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले नवनिर्वाचित सभापति थापाको गलामा दुबोको माला पहिर्याएर शुभकामना तथा बधाई ज्ञापन गरेका थिए। कार्यक्रममा पार्टीका अन्य पदाधिकारी, केन्द्रीय सदस्य तथा नेता-कार्यकर्ताहरूले खादा र माला लगाएर खुसीयाली मनाउँदै उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
शपथ ग्रहणपश्चात् सभापति थापाले सानेपास्थित केन्द्रीय कार्यालय पुगेर औपचारिक रूपमा पदबहाली गर्ने कार्यक्रम रहेको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएको थियो, जसमा थापा भारी मतान्तरले सभापति पदमा विजयी भएका हुन्।







No ads found for this position



डिसी नेपाल
Facebook Comment