आजको राशिको फल : कसको दिन कस्तो ?

डिसी नेपाल
२ कार्तिक २०८३ ६:२२
16
Shares

आज १२ वटै राशिको दैनिक राशिफल सार्वजनिक भएको छ। जसअनुसार मेष, वृष, कर्कट, कन्या, वृश्चिक, धनु र मीन राशि हुनेहरूका लागि दिन अनुकूल र शुभ रहनेछ भने मिथुन, सिंह, तुला, मकर र कुम्भ राशि भएकाहरूले केही समय सावधानी अपनाउनुपर्ने देखिएको छ।

विस्तृतमा हेर्नुहोस् आजको राशिफल:

  • मेष: दिन राम्रो छ। आफन्तसँगको भेटले मन प्रसन्न हुनेछ। धार्मिक कार्यमा सहभागी भएर हिँडेमा दिन सहज बन्नेछ। लामो यात्रा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ भने प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

  • वृष: दिन धेरै राम्रो छ। दाजुभाइसँग गरेको कारोबारले फाइदा हुनेछ। शिक्षा र स्वास्थ्यमा प्रगतिका पाइला अगाडि बढ्नेछन्। सामाजिक क्षेत्रमा अघि बढ्नु उचित हुनेछ भने धर्मकर्ममा मन जानेछ।

  • मिथुन: दिन सामान्य राम्रो छ। अनावश्यक क्षेत्रमा सम्पत्ति खर्च हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ भने प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

  • कर्कट: दिन राम्रो छ। लगानीका क्षेत्र सबल बन्नेछन्। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्नेछ। गीतसंगीतको क्षेत्रमा मन जानेछ भने गोप्य रूपमा गरेको काममा सफलता मिल्नेछ।

  • सिंह: दिन सामान्य छ। स्वदेशको भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ। धर्मप्रति अनास्था बढ्न सक्छ। परिवारको विश्वास मिल्नेछ भने प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

  • कन्या: दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर जुर्नेछ भने स्वदेशमै रोजगारीको अवसर मिल्नेछ।

  • तुला: दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। व्यापार-व्यवसायमा घाटा हुन सक्छ। धार्मिक कार्यमा समय दिनु उचित हुन्छ भने शिक्षाको क्षेत्रमा विशेष मिहिनेत गर्नुपर्नेछ।

  • वृश्चिक: दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुहोला। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। यद्यपि, स्वास्थ्यमा भने केही समस्या आउन सक्छ।

  • धनु: दिन राम्रो छ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ। दीर्घकालीन कामका लागि नयाँ योजना बन्नेछन् भने कार्यक्षेत्रमा तपाईंको प्रशंसा हुनेछ।

  • मकर: बोलीको प्रभाव राम्रो रहनेछ। व्यापार-व्यवसायमा फाइदा हुनेछ। स्वास्थ्यले साथ दिए पनि सामाजिक र राजनीतिक क्षेत्रमा त्रास बढ्न सक्छ। एक्लै निर्णय लिनुभन्दा परिवारको साथ लिएर काम गरेमा फाइदा हुनेछ।

  • कुम्भ: दिन सामान्य छ। सोचेका काम नबन्ने जोखिम छ। हरेक काममा झन्झट आइपर्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ भने संकटको समयमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

  • मीन: दिन राम्रो छ। दैनिक काममा देखिएका समस्या समाधान हुँदै जानेछन्। स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ भने साथीको साथमा महत्त्वपूर्ण काम बन्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *