नोनी म्याडुएकेको निर्णायक गोलमा नटिंघम फरेस्टमाथि आर्सनलको कठिन जित

डिसी नेपाल
२ कार्तिक २०८३ ६:३९
4
Shares

काठमाडौं।  नोनी म्याडुएकेको गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा साविक विजेता आर्सनलले नटिंघम फरेस्टमाथि १–० को कठिन जित दर्ता गरेको छ।

नटिंघमको घरेलु मैदान सिटी ग्राउन्डमा सम्पन्न खेलमा आर्सनलले ७४ प्रतिशत बल पोसेसन राख्दै खेलमा दबदबा बनाए पनि फरेस्टको रक्षापङ्क्ति तोड्न निकै संघर्ष गर्नुपरेको थियो। पहिलो हाफमा एबेरेची एजेले अपेक्षाकृत प्रभाव जमाउन नसकेपछि मुख्य प्रशिक्षक मिकेल आर्टेटाले दोस्रो हाफको सुरुआतमै नोनी म्याडुएकेलाई मैदान प्रवेश गराएका थिए।

खेलको ८०औँ मिनेटमा डिकलन राइसको पासलाई सदुपयोग गर्दै म्याडुएकेले प्रहार गरेको बल फरेस्टका डिफेन्डरलाई छुँदै जाली चुमेको थियो र उक्त गोल नै खेलको निर्णायक बन्यो। म्याडुएकेले प्रिमियर लिगमा हानेका १७ मध्ये १३ गोल घरेलु मैदानबाहिर गरेका छन्।

यस जितसँगै आर्सनलले लिगमा लगातार तेस्रो जित दर्ता गर्दै उपाधि रक्षाको यात्रालाई थप बलियो बनाएको छ। मिकेल आर्टेटाले आर्सनलको कार्यभार सम्हालेयता प्रिमियर लिगमा टोलीको यो ३२औँ १–० को जित हो भने पराजित नटिंघम फरेस्ट ७ खेलबाट ५ अङ्क बटुल्दै रेलिगेसन क्षेत्रमा धकेलिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *