धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

डिसी नेपाल
२ कार्तिक २०८३ १७:१०
12
Shares

धादिङ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ ज्यामिरेघाटमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते भएका छन्।

सोमबार दिउँसो त्रिशूली नदी किनारमा फेला परेको शंकास्पद वस्तु कोठामा ल्याएर फुटाउने क्रममा विस्फोट भएको हो।

विस्फोटमा परी काभ्रेको ढुङखर्क गाउँपालिका–९ घर भएका २६ वर्षीय जंगे परियार र २४ वर्षीय रामचन्द्र परियार घाइते भएका छन्। उनीहरू ज्यामिरेघाटस्थित सरस्वती खड्काको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए। विस्फोटका छर्रा लागेर दुवै जनाको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब उपरीक्षक सुरज कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

घाइते दुवै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *