दाउदको युग सकियो, लरेन्सको त्रास आयो… मुम्बईमा अन्डरवर्ल्डको नयाँ सञ्जाल?

डिसी नेपाल
३ कार्तिक २०८३ ७:०८
40
Shares

काठमाडाैं। फर्क यति मात्र हो कि उतिबेला ‘डी-कम्पनी’ को दबदबा थियो, अनि आज लरेन्स बिश्नोई ग्याङको छाया मडारिइरहेको छ। बलिउड अभिनेता टाइगर श्रफको कारमाथि भएको गोली प्रहारको घटनाले मुम्बईको सुरक्षा व्यवस्थामाथि फेरि एकपटक गम्भीर प्रश्न खडा गरिदिएको छ।

 ९० को दशकको सुरुवातमार्फत बम्बई (हाल मुम्बई) शहर अन्डरवर्ल्ड र ग्याङवारबाट आजित थियो। दाउद इब्राहिम एक ठूलो डन बनिसकेको थियो। त्यो यस्तो समय थियो जब हरेक दिनजसो ग्याङवार वा प्रहरी इन्काउन्टरका नाममा रगत बग्ने गर्थ्यो।

त्यसबेला वार्षिक औसत १०० देखि १२५ जनाको मृत्यु ग्याङवार र इन्काउन्टरमा हुने गर्दथ्यो। बलिउडकर्मी, बिल्डर, बार सञ्चालक र साना-ठूला व्यापारीहरूसँग जबरजस्ती असुली (रंगदारी) गर्नु सामान्य कुरा बनेको थियो।

मुम्बई प्रहरीमाथि अन्डरवर्ल्डको सफाया गर्ने ठूलो दबाब थियो, जसपछि प्रहरीले ग्याङ्गस्टरहरूविरुद्ध व्यापक कारबाही सुरु गर्‍यो। ५०० भन्दा बढी ग्याङस्टरहरू इन्काउन्टरमा मारिए र हजारौँ जेल परे। सन् २००० को दशकसम्म आइपुग्दा पुराना ठूला डनहरू कि त मारिए, कि जेल परे वा देश छाडेर भागे, जसले गर्दा पुराना ग्याङहरूको पकड कमजोर भयो।

टाइगर श्रफमाथि गोली प्रहारको घटना

हालै मुम्बईको जुहु ( स्थित पुष्पा पार्कनजिकै फुटबल खेलेर फर्किंदै गर्दा अभिनेता टाइगर श्रफको कारलाई लक्षित गरी मोटरसाइकलमा आएका तीन जना हतियारधारीले ५ राउन्ड गोली चलाएका थिए।

जुहु प्रहरी चौकीबाट जम्मा ३५० मिटरको दूरीमा भएको यस घटनामा फुटेको सिसा र बारुदका कारण टाइगर श्रफको हातमा केही चोट लागेको छ भने उनका चालक र अर्का एक जना घाइते भएका छन्। यस घटनामा संलग्न संदिग्ध शूटरहरूलाई प्रहरीले राजस्थानको कोटाबाट पक्राउ गरिसकेको छ।

दाउददेखि छोटा राजन हुँदै लरेन्स बिश्नोईसम्म

मुम्बईमा डी-कम्पनीद्वारा भएको अन्तिम ठूलो शूटआउट नोभेम्बर २००२ मा दर्ता छ। त्यसपछि अरुण गवली ग्याङ, छोटा राजन ग्याङ लगायतका पुराना समूहहरू निष्क्रिय हुँदै गए। दाउदका भाइ इकबाल कासकरको डिपोर्टेसन, छोटा राजनको गिरफ्तारी (तिहाड जेलमा जन्मकैद) र अन्य पुराना डनहरू जेल परेपछि मुम्बईमा एउटा ठूलो शून्य सिर्जना भयो।

यही शून्यले लरेन्स बिश्नोई ग्याङलाई मुम्बईतर्फ आकर्षित गरेको मानिन्छ। आज मुम्बईमा दाउद वा छोटा राजनको जस्तो कुनै बलियो प्रतिद्वन्द्वी ग्याङ नभएकाले लरेन्स ग्याङका लागि आफ्नो सञ्जाल विस्तार गर्न सहज भएको छ।

बाबा सिद्दीकीको हत्या, सलमान खानका घरबाहिर र साथीहरूलाई धम्की, र अहिले टाइगर श्रफको कारमाथि भएको आक्रमणले लरेन्स ग्याङ मुम्बईमा दाउद इब्राहिमकै शैलीमा आफ्नो ठूलो अन्तर्राष्ट्रिय सञ्जाल खडा गर्न खोजिरहेको आशंकालाई बलियो बनाएको छ।

अब मुख्य प्रश्न  के मुम्बई प्रहरी र केन्द्रीय अनुसन्धान एजेन्सीहरूले समयमै यो नयाँ सञ्जाललाई ध्वस्त पार्न सक्लान्, ताकि मुम्बईमा ९० को दशकको जस्तो खौफनाक दिनहरू पुनः नदोहोरिऊन्?


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *