सडक दुर्घटनामा किशोरको मृत्यु

डिसी नेपाल
३ कार्तिक २०८३ १५:१३
92
Shares

सर्लाही। बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा बागमती नगरपालिका–४ नयाँबस्तीका १६ वर्षीय राजिव तामाङको मृत्यु भएको हो।

गम्भीर घाइते भएका निजलाई बाराको एसएल न्युरो अस्पताल लगिएको थियो। त्यहाँ पुग्ने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *