अमेरिकी हुलाक सेवालाई करोडौँ डलर नोक्सान पुर्याएको आरोपमा पाकिस्तानमा एक व्यक्ति गिरफ्तार
काठमाडौं । पाकिस्तानको साइबर अपराध अनुसन्धान एजेन्सीले नक्कली हुलाक टिकट बिक्रीको कारोबार चलाएको आरोपमा एक व्यक्तिलाई गिरफ्तार गरेको छ।
उक्त ठगीका कारण अमेरिकी हुलाक सेवा (युएस पोस्टल सर्भिस) लाई १२ करोड ६० लाख अमेरिकी डलर नोक्सान भएको आरोप छ।
पक्राउ पर्ने अभियुक्तको पहिचान ३३ वर्षीय फहिम अकरमका रूपमा भएको छ। उनीमाथि फर्जी वेबसाइटमार्फत अमेरिकी ग्राहकहरूलाई नक्कली हुलाक टिकट र सिपिङ लेबल बिक्री गरेको आरोप लगाइएको छ।
अमेरिकी अभियोजकहरूका अनुसार फहिम अकरमले सन् २०२३ देखि LabelsBank.com नामको वेबसाइट सञ्चालन गर्दै आएका थिए। उक्त वेबसाइटमार्फत उनले नक्कली अमेरिकी हुलाक टिकट र सिपिङ लेबल बिक्री गर्ने गर्दथे। अधिकारीहरूले अहिले उक्त वेबसाइट बन्द गराइसकेका छन्।
फ्लोरिडाको एक फेडरल ग्र्यान्ड जुरीले अघिल्लो महिना अकरमविरुद्ध मुद्दा दर्ता गरेको थियो। अकरममाथि यी वर्षहरूमा हजारौँ अमेरिकी ग्राहकहरूलाई ५० लाखभन्दा बढी नक्कली सिपिङ लेबल बिक्री गरेको आरोप छ।
यसै महिनाको सुरुवातमा, अमेरिकी हुलाक विभागले उनलाई पक्राउ गर्न मद्दत पुर्याउने जानकारी दिने व्यक्तिलाई १ लाख डलरसम्मको पुरस्कार दिने घोषणा गरेको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment