चिनियाँ लाल सेनाको ‘लङ मार्च’मा राष्ट्रपतिको विशेष सम्बोधन

डिसी नेपाल
५ कार्तिक २०८३ १६:२१
4
Shares

एजेन्सी। चीनले लाल सेनाको ‘लङ मार्च’ विजयको ९०औँ वार्षिकोत्सव मनाउन बिहीबार बेइजिङमा एक समारोह आयोजना गरेको छ।

चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सी चिनफिङले उक्त अवसरमा महत्त्वपूर्ण सम्बोधन पनि गरेका थिए।

कार्यक्रममा सीपीसी केन्द्रीय समितिको पोलिटब्युरो स्थायी समितिका सदस्यहरू ली छ्याङ, चाओ लेजी, वाङ हुनिङ, छाई छी, डिङ सुएसियाङ र ली सीका साथै चीनका उपराष्ट्रपति हान झेङ पनि उपस्थित थिए।

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा लाल सेनाले गरेको ‘लङ मार्च’ को विजयको ९०औँ वार्षिकोत्सव मनाउन चाइना मिडिया ग्रुपले बिहीबार बेइजिङ समयअनुसार राति ८ बजे विशेष सांस्कृतिक कार्यक्रम प्रसारणको जिम्मेवारी लिएको छ।

‘लङ मार्चको महान् भावनालाई अघि बढाउँदै नयाँ युगको लङ मार्चमा अघि बढ्ने’ भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा लाल सेनाको लङ मार्चको कठिन र गौरवशाली यात्रालाई स्मरण गरिनेछ।(सीसीटीभीप्लस)

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *