स्याङ्जामा स्कुटर दुर्घटना : ३९ वर्षीया महिलाको मृत्यु, छोरी सकुशल

डिसी नेपाल
६ कार्तिक २०८३ १७:३३
28
Shares

स्याङ्जा। स्याङ्जाको बिरुवा गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। बिरुवा गाउँपालिका–२ की ३९ वर्षीया रेवती गुरुङले चलाएको स्कुटर सडकबाट करिब ५० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार शुक्रबार दिउँसो बिरुवा गाउँपालिका–३ ठाँटीस्थित राङखोला–बिरुवा सडकखण्डमा उक्त दुर्घटना भएको हो। चालकले स्कुटरको नियन्त्रण गुमाउँदा दुर्घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनामा स्कुटरको पछाडि सवार मृतककी १६ वर्षीया छोरी गुञ्जन गुरुङ भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ। यस दुखद घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *