बागमती नदी सफाइ अभियान जारी
सफा देखिँदै बागमती नदी किनार
काठमाडौँको पशुपतिनाथ मन्दिर नजिकै गुह्येश्वरी क्षेत्र भएर बहँदै गरेको बागमती नदी । वर्षायामको बाढीले नदी किनारमा थुप्रिएको फोहोर बगाएपछि बागमती नदी तुलनात्मकर
काठमाडौं। ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती नदी सफाइ महाअभियान हिजो (शनिबार) पनि जारी रह्यो ।
गुह्येश्वरी मन्दिर अगाडि बागमती नदी एवं किनारमा शनिबार ७०२औँ हप्ताको सफाइ गरिएको थियो । दसैँमा दुर्गा पूजाका लागि बनाइएको मूर्तिलाई नदीभित्र विसर्जन गर्दा भएको फोहरलाई शनिबार सफाइ गरिएको अभियानकर्मी किशोरसिं शाहीले जानकारी दिए । नवदुर्गाको पूजा गरिएका मूर्तिहरुलाई किनारमा राखिएको छ ।
सो अवसरमा कुहिने फोहरलाई त्यहीँको बागमती किनारमा गाडिएको थियो । नकुहिने फोहर ट्रकमा राखी व्यवस्थापन गरिएको थियो ।
समाजसेवी टोस्टराज क्षेत्री, माथिल्लो बागमती सरसफाइ अभियानका ईश्वर पुडासैनी, कीर्तिपुर सुन्दरीघाट सरसफाइ अभियानका संयोजक चित्र सुनुवार, समाजसेवी लीलादेवी खतिवडा र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सरोज पौडेलको नेतृत्वमा कर्मचारी एवं बागमती अभियानकर्मीको सफाइमा सक्रिय सहभागिता थियो ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment