रील्सको मोह: भिडियो बनाउने चक्करमा आफ्नै बच्चालाई समुद्रको लहरमा छोडेको भिडियो भाइरल
काठमाडाैं। मानिसहरूमाथि रील्सको क्रेज यति धेरै बढेको छ कि भिडियो बनाउने चक्करमा विभिन्न किसिमका दुर्घटनाहरू हुने गरेका छन्। यस्तै एक घटनासँग जोडिएको भिडियो सोशल मिडियामा सामने आएको छ, जसमा एक दम्पती (कपल) रील बनाउनेधुनमा आफ्नै बच्चालाई नै भुल्छन्।
सोशल मिडियामा भाइरल भएको यो भिडियो समुद्र किनारको हो, जहाँ एउटा सानो बच्चा समुद्रको लहरहरूबीच फस्छ। यता ती दम्पती भने रील बनाउनमा व्यस्त देखिन्छन्।
भिडियोमा देखिएको बच्चा समुद्रको प्रत्येक लहरसँगै पानीमा बगिरहेको जस्तो देखिन्छ, तर रील बनाइरहेका दम्पतीको ध्यान उसतर्फ जाँदैन्। त्यतिकैमा पछाडिबाट आएका अर्का एक व्यक्तिले त्यो बच्चालाई समात्छन्, जसले गर्दा बच्चा पानीमा डुब्नबाट जोगिन्छ।
बच्चाको हात छुट्दा पनि चिन्ता भएन
भिडियोमा देखिए अनुसार, ती दम्पती समुद्र किनारमा हिँड्दै फोन वा सेल्फी स्टिकमार्फत आफैँलाई रेकर्ड गरिरहेका हुन्छन्। पानीको नजिक हिँड्ने क्रममा महिलाले बच्चाको हात समातेकी हुन्छिन्। तर, केही क्षणपछि नै बच्चा चिप्लिएर बालुवामा लड्छ र लहरहरूको चपेटामा पर्छ।
महिलाले एकक्षणका लागि पछाडि फर्केर हेर्छिन्, तर लगत्तै क्यामेराको अगाडि पोज दिन थाल्छिन्, जबकि पुरुषले भिडियो रेकर्ड गर्न जारी राख्छन्। बच्चा कम पानी भएको ठाउँमा लहरहरूसँग जुधिरहेको हुन्छ, तर दम्पतीको पूरै ध्यान आफ्नो रेकर्डिङमा मात्र केन्द्रित हुन्छ।
मरियम नामकी एक महिलाले यो भिडियो सोशल मिडिया प्लेटफर्म ‘एक्स’ (X) मा शेयर गर्दै यो घटना उनी आफ्ना पतिसँग बिचमा गएको बेला घटेको बताएकी छिन्।
मरियमले भिडियो शेयर गर्दै लेखेकी छिन् कि, ती दम्पती रील बनाउनमा यति धेरै मग्न थिए कि उनीहरूलाई आफ्नो छोरी खतरामा छिन् भन्ने महसुस नै भएन। उनका अनुसार, एक जना अपरिचित व्यक्तिले बीचमा आएर बच्चाको ज्यान बचाए, नत्र ती बच्ची लहरमा बग्न सक्थिन्।
त्यसपछि भिडियोमा देखिए अनुसार, ती अपरिचित व्यक्तिले दम्पतीलाई बोलाउँछन्, त्यसपछि मात्र उनीहरू पछाडि फर्केर जान्छन्।
सोशल मिडिया कन्टेन्टप्रति बढ्दो पागलपनमाथि प्रश्न उठाउँदै उनले सोधेकी छिन् कि, के रील बनाउनु यति धेरै महत्त्वपूर्ण भयो कि मानिसहरू आफ्ना सन्तानको सुरक्षालाई समेत बेवास्ता गरिरहेका छन्?
यस घटनाको यकिन ठाउँ, मिति र यसमा संलग्न व्यक्तिहरूको पहिचान भने खुल्न सकेको छैन। यो भिडियोको चौतर्फी आलोचना भइरहेको छ भने सोशल मिडिया प्रयोगकर्ताहरूले दम्पतीले बच्चातर्फ किन ध्यान दिएनन् भनी तीब्र प्रश्न उठाइरहेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment