काठमाडौँमा विविध कार्यक्रम गरि मनाईयो ‘एनआरएन डे’

डिसी नेपाल
२५ असोज २०७६ १९:३१

काठमाडौँ । ‘एनआरएन डे’ को अवसरमा काठमाडौँमा शुक्रबार एनआरएनएले विविध कार्यक्रम सम्पन्न गरेको छ । गैर आवासीय नेपाली अभियानले १६ औँ पूरा गरेको उपलक्ष्यमा पदयात्रा तथा मन्दिरहरूमा पूजाअर्चना गरिएको हो।

स्वयंम्भूनाथको दर्शनपछि त्यहाँबाट असनको अन्नपुर्णथानसम्म पदयात्रा गर्दै पशुपतिसम्मको यात्रा तय गरिएको थियो । कार्यक्रममा संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष द्वय कुमार पन्त र कुल आचार्य, युवा संयोजक सुदन थापालगायतका पदाधिकारीहरू तथा बिभिन्न मुलुककरुबाट आएका गैरआवासीय नेपालीहरूको व्यापक सहभागिता थियो।

नेपाल भ्रमण वर्ष २०२० समेत नजिक आइरहेको सन्दर्भमा संघको आसन्न आगामी नवौँ साधारण सभा तथा विश्व सम्मेलनमा नेपाल आउने प्रतिनिधिहरूलाई लक्षित गरि सो कार्यक्रम आयोजना गरिएको समितिका युवा संयोजक सुदन थापाले जानकारी दिए ।

धेरैजसो गैरआवासीय नेपालीहरूमा अझै पनि स्वयम्भूनाथ देखि जमल सम्म रहेका महत्त्वपूर्ण मठ–मन्दिरबारे जानकारी नभएको सन्दर्भमा सो कार्यक्रमले उनीहरूमा त्यस्ता सम्पदाबारे ज्ञानसमेत बढ्ने लक्ष राखिएको थापाले बताए।

गैरआवासीय नेपाली संघले गएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएर विभागीय टोलीको मान्यता पाए संगै एनआरएनए स्पोर्ट्स एकेडेमी निर्माण हुँदैछ, जसको पहिलो कार्यक्रमका रुपमा यस वाकथुनलाइ महत्त्वका साथ हेरिएको छ।

विहान ७ वजे स्वयम्भुनाथमा शुरु भई ९स्३० बजे पशुपतिनाथमा समापन भएको सो कार्यक्रममा कुल २ सय जना भन्दा बढी सहभागी भएका थिए। शुक्रबार नै संघका पदाधिकारीहरूले शंखमूलमा गैरआवासीय नेपाली संघले निर्माण गरेको एनआरएनए शंखमूल पार्कको अवलोकन भ्रमण गरेका थिए।

गैरआवासीय नेपाली दिवसको अवसरमा संघको भवन बालुवाटारमा संघको झन्डोत्तोलन संघका अध्यक्ष भट्ट ,पूर्व अध्यक्ष शेष घले, उपाध्यक्षहरु कुमार पन्त, कुल आचार्य, सपिला राजभन्डारी, महासचिव बद्रि केसी, सचिब डिबी क्षेत्रि, जानकी गुरुङ, सहकोषाध्यक्ष सोम सापकोटा, ओसेनिया संयोजक धर्मराज अधिकारि, मध्यपूर्व संयोजक आरके शर्मा, एशिया प्यासिफिक संयोजक किरण थापा, अमेरिका संयोजक गौरी जोशीलगायत विभिन्न पदाधिकारीहरूको उपस्थितिमा गरिएको थियो र सो अवसरमा संघको परिषरमै जलपानको आयोजना समेत गरिएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *