दशैँ–तिहारलाई लक्षित गर्दै माइडियाको ‘फ्री-स्ट्यान्डिङ कुकिङ रेन्ज’ बजारमा, विशेष क्यासब्याक अफर सार्वजनिक
काठमाडौं। विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड माइडियाले नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै आफ्ना ‘फ्री-स्ट्यान्डिङ कुकिङ रेन्ज’ मा विशेष चाडपर्व अफर ल्याएको छ। पारिवारिक भोजभतेर र चाडपर्वको व्यस्ततालाई थप सहज बनाउने उद्देश्यले आकर्षक क्यासब्याकसहित आधुनिक बहुउपयोगी कुकिङ रेन्ज नेपाली बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
कुकटप र ओभनको सुविधा एउटै उपकरणमा समावेश गरी तयार पारिएका यी मोडलहरूले चाडपर्वका बेला एकैपटक धेरै प्रकारका परिकार बनाउनुपर्ने बाध्यतालाई सहज बनाउनेछन्। नेपाली बजारका लागि हाल दुई प्रमुख मोडलहरू सार्वजनिक गरिएका छन्:
-
FSC-600BX: ६० लिटर क्षमताको ग्यास ओभन।
-
FSC-6016ES: ६१ लिटर क्षमताको इलेक्ट्रिक ओभन।
दुवै मोडलमा फरक–फरक आकार र ‘फ्लेम आउटपुट’ (Flame output) क्षमता भएका ४ वटा ग्यास बर्नरहरू उपलब्ध छन्, जसले कम तापमा ढिके (simmer) गर्नेदेखि उच्च तापमा छिटो पकाउनेसम्मका सबै काम गर्न मद्दत पुर्याउँछन्। साथै, यी उपकरणहरूमा कन्भेक्सन फ्यान, इन्टेरियर लाइट, मेकानिकल कन्ट्रोल, पुश-बटन इग्निसन तथा बेकिङ र रोस्टिङका लागि ठूलो ओभन क्याभिटी जस्ता आधुनिक प्रविधिहरू समावेश गरिएका छन्।
कम्पनीले यी कुकिङ रेन्ज खरिद गर्दा ग्राहकलाई २ वर्षको वारेन्टी उपलब्ध गराएको छ। साथै उत्सवको अवसरमा खरिद गर्ने ग्राहकहरूका लागि विशेष क्यासब्याक योजनासमेत लागू गरिएको छ।
नेपालमा माइडियाका उत्पादनहरू चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्स (CG Electronics) ले आधिकारिक रूपमा बिक्री-वितरण गर्दै आएको छ। यी उत्पादनहरू नेपालभरका डिलर नेटवर्क, २२ वटा सीजी डिजिटल सोरुमहरू तथा अनलाइन पोर्टल cgdigital.com.np मार्फत खरिद गर्न सकिनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment