टेलिकमले ल्यायो ५९९ मा एनपीएल अनलिमिटेड प्याकेज
काठमाडौं। नेपाल टेलिकमले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणलाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ। यस प्याकेजअन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा प्याकेज खरिद गर्न सक्नेछन्।
प्याकेजमा ३३३ मिनेट अलनेट भ्वाइस कल गर्न सकिने सुविधा र प्रतिदिन ८ जीबी डाटा उपलब्ध हुनेछ। प्याकेजको समयावधि ३० दिनको हुनेछ। पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि प्याकेजको शुल्क मासिक भाडा शुल्कमै समावेश हुने नेपाल टेलिकमले जनाएको छ।
यो प्याकेज २०८३ कात्तिक १० गतेदेखि मंसिर ५ गतेसम्म खरिद गर्न सकिनेछ। प्याकेज लिन चाहने ग्राहकले मोबाइलबाट *१४१५*९३ डायल गर्न सक्नेछन्। नेपाल टेलिकमको मोबाइल अनुप्रयोगबाट पनि प्याकेज खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा नेपाल टेलिकम आधिकारिक दूरसञ्चार साझेदारका रूपमा रहेको छ। नेपाली खेलकुद क्षेत्रको विकासका लागि आफू निरन्तर सक्रिय रहेको कम्पनीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment