एनपीएल तेस्रो संस्करण: पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

डिसी नेपाल
११ कार्तिक २०८३ ७:०६
20
Shares

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेलमा सुदूरपश्चिम रोयल्स जितको खोजीमा हुनेछ। सुदूरपश्चिमले यसअघि आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजय बेहोरेको थियो। अर्कातर्फ, पोखरा एभेन्जर्स भने यस सिजनको पहिलो खेल खेल्दै जितका साथ प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा छ।

प्रतियोगितामा यसअघि सम्पन्न खेलहरूमा लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्सले आ-आफ्नो पहिलो खेल जित्दै उत्कृष्ट सुरुवात गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *