दराजद्वारा ‘ ११.११ ‘ वर्षकै सबैभन्दा ठूलो सेलको घोषणा: ८० प्रतिशतसम्म छुट र करोडौंका उपहार
काठमाडौं। नेपाली बजारमा चाडपर्वको तयारी र किनमेलको चटारो बढिरहेको बेला दराज नेपालले आफ्नो लोकप्रिय अभियान ‘११.११ वर्षकै सबैभन्दा ठूलो सेल’ सञ्चालन गर्ने घोषणा गरेको छ।
आगामी कात्तिक १५ गते (नोभेम्बर १) राति ८ बजेदेखि सुरु हुने यस क्याम्पेनले उपभोक्तालाई विशेष छुट, आकर्षक उपहार र थप बचत गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ।
यस संस्करणमा उपभोक्ताले विभिन्न सामान तथा ब्रान्डहरूमा ८० प्रतिशतसम्मको छुट, २ करोड रुपैयाँभन्दा बढीको भाउचर, निःशुल्क डेलिवरी र थप आकर्षक पुरस्कारहरू जित्ने मौका पाउन सक्नेछन्। चाडपर्वका लागि आवश्यक घरायसी सामानदेखि विभिन्न उपहारहरू सहजै खरिद गर्न यो अभियान निकै लाभदायक हुनेछ।
मुख्य आकर्षण तथा छुटहरू:
-
ब्रान्ड छुट र विशेष अफरहरू: दराजका प्रमुख सहयात्री ब्रान्डहरू (जस्तै: रोल्को, ह्वाइएफए, डिसहोम, फिलिप्स, क्लिनिकप्लस, लिनोभो, पिएसएम लगायत) ले ७० प्रतिशतसम्मको छुट उपलब्ध गराउनेछन्। त्यस्तै, कोइन्डा साझेदार ब्रान्डहरूले पनि ७० प्रतिशतसम्म र सिलेक्ट साझेदार ब्रान्डहरूले ८० प्रतिशतसम्मको छुट प्रदान गर्नेछन्।
-
दैनिक फ्लस सेल: कात्तिक १ गते राति ८ बजेबाट सुरु भएर कात्तिक ११ बिहान २ बजेसम्म विभिन्न समयमा विशेष फ्लस सेलहरू सञ्चालन हुनेछन्, जसमा सिमित समयका लागि भारी छुटसहितका सामग्रीहरू उपलब्ध हुनेछन्।
-
बैंक तथा वालेटमार्फत थप छुट: डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न विभिन्न बैंक तथा वालेटहरूसँग सहकार्य गरिएको छ। योग्य क्रेडिट वा डेबिट कार्डमार्फत भुक्तानी गर्दा निश्चित प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ।
आकर्षक उपहार र बम्पर पुरस्कार:
यस पटकको ११.११ क्याम्पेनमा न्यूनतम १,००० रुपैयाँको खरिद गर्ने भाग्यशाली ११ जना ग्राहकले ५०,००० रुपैयाँभन्दा बढी मूल्यको फिलिप्स (Philips) सामानहरूको ह्यान्डन जित्ने अवसर पा उनेछन्। साथै, गो एयरमार्फत ७ जनाले थाइल्यान्ड भ्रमण, लुंगी एयरमार्फत १ जनाले ५ दिने थाइल्यान्ड भ्रमण, सिटिजन्स बैंकमार्फत विशेष उपहार र होम अप्लाइन्सेजअन्तर्गत आकर्षक घरायसी सामग्रीहरू जित्न सक्नेछन्।
दराजको यस बृहत् अनलाइन सपिङ उत्सवमा सहभागिता जनाउन र थप जानकारी लिन आधिकारिक वेबसाइट (daraz.com.np) वा दराजको मोबाइल एप प्रयोग गर्न सकिनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment