आईआरजीसीद्वारा होर्मुज जलडमरूमध्य नजिकै ‘एमक्यु-१’ ड्रोन खसालेको दाबी
काठमाडौं । इरानी रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले होर्मुज जलडमरूमध्य को पूर्वी भागमा पर्ने सिराक नजिकै एक ‘एमक्यु-१’ ड्रोन खसालेको दाबी गरेको छ।
इरानी समाचार संस्था ‘इर्ना’ ले आईआरजीसीलाई उद्धृत गर्दै भनेको छ, ‘देशको एकीकृत वायु रक्षा सञ्जाल (एयरोस्पेस डिफेन्स नेटवर्क) अन्तर्गत सञ्चालित एक नयाँ वायु रक्षा प्रणालीले होर्मुज जलडमरूमध्य नजिकै अत्याधुनिक एमक्यु-१ ड्रोनलाई निशाना बनाएर खसालेको छ।’
इरानी अधिकारीहरूका अनुसार उनीहरूले यस प्रकारको ड्रोन खसालेको यो १४ औँ पटक हो।
क्षेत्रीय तनाव चरम विन्दुमा पुगेको र इरान, साउदी अरेबिया तथा हुथी विद्रोहीहरूबीचको सुरक्षा स्थितिलाई लिएर गम्भीर चिन्ताहरू व्याप्त रहेका बेला इरानका तर्फबाट यी दाबीहरू बाहिर आएका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment